एजेन्सी । ‘यस वर्षको नोबेल शान्ति पुरस्कार इराकको युद्धग्रस्त गाउँमा हुर्किएकी २५ वर्षीया युवतीले हात पारेकी छिन्। उत्तरी इराकको कोजो गाउँदेखि अमेरिकाको संयुक्त राष्ट्रसंघ भेलासम्म उनको यात्रा संघर्ष र पीडाले मात्रै भरिएको छ । पछिल्लो समय त नादियाले आफूलाई मानव अधिकार अभियन्ताको रुपमा उभ्याइसकेकी छन् । तर छोटो समयमै उनले भोगेको पीडा र लामो यात्रा प्रेरणादायी पनि छ ।

सन् २०१४ को अगस्टमा नादिया १९ वर्ष मात्रै पुगेकी एक स्कुले छात्रा थिइन् । त्यसबेला उनले आफ्नै गाउँ कोजोमा इस्लामिक स्टेटको भयानक हमला देखिन् । त्यसबेला इस्लामिक स्टेटको हमलामा परी उनले आफ्नै परिवारका ६ जना दाजुभाइ र आमालाई गुमाउनु पर्यो । यही बेला पनि नादिया इस्लामिक स्टेटको अपहरणमा परिन् । इस्लामिक स्टेटको अपहरणमा परेका ६ हजार ७ सय भन्दा बढी अपहरित याजिदी महिलामध्ये नादिया एक थिइन् ।

नादियालाई मोसुल सहरमा यौन दासी बनाएर राखियो । नादियाले मिडियालाई दिएको अन्तरवार्ताअनुसार त्यसबेला उनलाई निर्मम हुनेगरी पिटियो र बलात्कार गरिन्थ्यो । एक दिन उनको मालिकले ढोका खुल्लै राखेको समय पारेर नादिया त्यहाँबाट भागिन् ।

तीन वर्षपछि सन् २०१७ को जुन १ मा उनी आफ्नो गाउँ कोजो फर्किन् । त्यसपछि उनी उत्तरी इराक इराकको दुहोक शरणार्थी क्याम्पमा पुगिन् । फेब्रुअरी २०१५ मा नादिया बार्ङ्गा शरणार्थी क्याम्पमा बसिरहेको बेला केही पत्रकारलाई पहिलो पटक आफ्नो पीडादायी यथार्थ सुनाइन् । यस क्रममा सन् २०१५ मा जर्मन सरकारले प्रायोजन गरेको एक कार्यक्रमअन्तरगत यहाँका एक हजार पीडित तथा शरणार्थी महिलाका लागि नयाँ घर बनाइदिने भयो । यसको फाइदा नादियालाई पनि मिल्यो ।

सन् २०१५ डिसेम्बर १६ को दिन नादियाले यूएनको राष्ट्रिय सुरक्षा परिषदमा मानव बेचबिखन र द्धन्द्ध विषयमाथि आफ्नो धारणा राख्न पाइन् । र मानव बेचबिखनमाथि यूएनमा यही पहिलो बहस थियो । अब मुरादले एम्बेसडरको रुपमा विश्वभर र स्थानीय स्तरमा शरणार्थी तथा मानवबेचबिखन विषयमा सम्बोधन गर्नेछिन् । संसारकै प्रतिष्ठित मानिने नोबेल शान्ति पुरस्कार पाउने दोस्रो कान्छी युवती हुन् नादिया ।

यौन हिंसा अन्त्यका लागि प्रयास गरेवापत सन् २०१८ मा नोबेल शान्ति पुरस्कार पाएकी हुन् । यस वर्षको नोबेल शान्ति पुरस्कार नादिया र कंगोका डेनिस मुकेगेले संयुक्त रुपमा पाएका हुन् ।

Comments