काठमाडौं । नेपाली दर्शकलाई अब रियालिटी शो हेर्ने बानी नै परिसक्यो । नेपालमा रियालिटी शो नआउँदा भारतीय रियालिटी शो हेर्ने नेपालीहरु अहिले भने नेपालमा नै बनेको रियालिटी शोहरु हेर्न थालेको छन् । नेपालमा अहिले तीन रियालिटी शोहरु चर्चामा छ । ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ र ‘हिमालय रोडिज’ ।

यी तीन रियालिटी शोहरुको चर्चा भइरहँदा एपीवान च्यानलले अर्को रियालिटी शोको रिलिज मिति सार्वजनिक गरेको छ । बिहिबार राजधानीमा एका कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले कार्यक्रम प्रसारण हुने समयको बारेमा जानकारी दिएका हुन् । कार्यक्रमका निर्देशक सुरेश पौडेलका अुनसार ‘को बन्छ करोेडपति’ नाभेम्बर महिनाको दोश्रो सातापछि टेलिभिजनमा प्रसारण हुनेछ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सञ्चालक राजेश हमालले ‘को बन्छ करोडपति’ एउटा गेम शो मात्र नभएर नेपाली दर्शकहरुको भावना, आकांक्षा, स्वाद झल्किने किसिमको हुने बताउनुभयो । कार्यक्रमको उदेश्य धेरैभन्दा धेरै नेपालीहरुलाई सहभागी गराउने रहेको अभिनेता हमालको भनाई छ ।

बेलायतको ‘हु वान्ट्स टु बी अ मिलियनर’ कार्यक्रमबाट भारत हुदैँ नेपाल प्रवेश गरेको यो शो एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ । टेलिभिजनका निर्देशक लक्ष्मीप्रसाद पौडेल र कार्यक्रमका निर्देशन सुरेश पौडेल केहि साता अघि मात्र भारत गएर कार्यक्रमको सबै फरम्याटको बारेमा बुझेर आएका थिए ।

भारतमा अहिले ‘कौन बनेगा करोडपति’को १० औँ सिजन चलिरहेको छ । ‘को बन्छ करोडपति’को लागि ‘कौन बनेगा करोडपति’का सञ्चालक अभिताभ बच्चनले एउटा प्रोमो समेत रेकर्ड गरिएको छ । उक्त प्रोमोलाई लाखौँ दर्शकले हेरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments