काठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा डा. भोला रिजाल नाम कमाएका व्यक्ति हुन् । उनी आफ्नो यो सफलताको श्रेय श्रीमती सरला रिजाललाई दिन्छन् ।

विवाह गर्दा सरला बाह्र वर्षकी थिइन् भने भोला रिजाल पन्ध्र वर्षका थिए । भोला रिजालले विवाह गर्दा एस.एल.सीको परिक्षा समेत दिएका थिएनन् । विवाह पछि एस.एल.सी पास गरेर उनी पढ्नको लागि वनारस गए भने सरलाले बुहारीको लागि निकै कडा रहेको घरमा पनि अनुशासनमा रहेर एक असल बुहारी तथा असल श्रीमती बनेर बसीन् । भोला रिजाल वनारसबाट आइएस्सी पास गरेर उनी पढ्नको लागि फेरी बंगलादेशको ढाका गए । यदि श्रीमतीले साथ नदिएको भए आफूले एस.एल.सी पनि गर्न नसक्ने उनी बताउँछन् ।

डा.भोला रिजाल पढ्नको लागि विदेश गएपछि डेढ वर्षमा मात्र घरमा आउंथे र एक महिना मात्र बसेर फर्किन्थे । त्यो बेलामा खुलेर कुराकानी गर्न पनि नपाइने, विदेशमा गएपछि कुरा गर्नको लागि कुनै पनि माध्यम नभएका कारण आफ्नो लागि ती दिन कष्टपूर्ण भएको सरला बताउँछिन् । सरलाका अनुसार, त्यसरी उनीहरु करिब तेह्र वर्ष बसेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments