काठमाडौं । बलिवुडका चर्चित कलाकारहरुलाई विभिन्न रोगले आक्रमण गरेका सामाचारहरु बढिरहेका छन् । पछिल्लो समय अभिनेता इरफान खान र अभिनेत्री सोनालीलाई खतरनाक रोग लागेको खबर आएका थिए ।

अहिले भारतीय संचार माध्यममा अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको समाचार फैलीरहेको छ । संचारमाध्यमले पछिल्लो पुस्ताका चर्चित अभिनेता रणवीर कपुरका पिता तथा पुरानो समयका लोकप्रिय अभिनेता ऋषि कपुरलाई क्यान्सर लागेको र क्यान्सर पनि तेस्रो चरणमा पुगिसकेको उल्लेख गरेका छन् ।

ऋषि कपुरका दाजु अर्थात करिश्मा र करिनाका बुवा तथा अभिनेता रणधीर कपुरले ऋषि कपुरलाई क्यान्सर लागेको हो या होइन भन्ने अहिले स्वयम् ऋषि कपुर र परिवारलाई समेत थाहा नभएको बताएका छन् । उनले स्वास्थ्य जांचको लागि ऋषि कपुर अहिले अमेरिका गएको उल्लेख गर्दै जांच पछि आउने नतिजा आफूहरुले सार्वजनिक गर्ने बताएका छन् । उनले ऋषिलाई क्यान्सर लागेको भनेर अफवाह नफ़ैलाउन मिडियालाई आग्रह समेत गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments