काठमाडौं । कञ्चनपुरबाट तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेपछि त्यसतता फरार रहेका प्रमुख ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको हो।

ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयाे । अदालतले ज्ञवालीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।

प्रहरीका अनुसार ज्ञवालीलाई महेन्द्रनगरबाट काठमाडौं ल्याइसकिएको छ । आज नै उनलाई अदालतमा उपस्थित गराइने छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments