काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बलात्कारीको आरोप लगाएकी एक पूर्व शिक्षिका कैथरीन मायोर्गाका वकिलका अनुसार उनी ‘मि टू’ अभियानबाट प्रेरित भएर आफ्नो शोषणको बारेमा बोल्न सकेकी हुन् । रोनाल्डोले २००९ मा लास वेगसको एक होटेलमा आफूलाई बलात्कार गरेको कैथरीनको आरोप रहेको छ ।

कैथरीनका वकिल लेस्ली स्टोवालका अनुसार ‘मि टू’ अभियानबाट प्रेरित भएर उनले आफूमाथि भएको यौन शोषणको खुलासा गरेकी छन् । यो अभियानबाट कैथरीनलाई धैरै ठूलो हिम्मत मिलेको छ । यता रोनाल्डोले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । बुधबार मात्रै फुटबलर रोनाल्डोले कैथरीनका वकिलका सामु आफू निर्दोष रहेको बताएका थिए । इटलीको युवेंटस क्लबमा अनुबन्धित भएका ३३ वर्षीय रोनाल्डोलै आफू यो घटनाबाट विचलित नहुने र आरोपका बिषयमा सत्यतथ्य बाहिर ल्याउन सहयोग गर्ने उनको भनाइ छ ।

कैथरीन भने त्यो प्रेस वार्तामा सहभागि थिइनन् जहाँ उनका वकिललै रोनाल्डोसँग जवाफ मागेका थिए । उनका वकिलका अनुसार कैथरीन मिडियाका कारण लास वगसबाट बाहिर गइसकेकी छन् । लैस्ली स्टोवाँलका अनुसार कैथरीन आफ्नो भावनात्मक स्थितिका बारेमा संवेदनशिल भएर मिडियाबाट बच्न सुरक्षित भएकी छन् । कैथरीनका अनुसार उनी रोनाल्डोसँग पहिलो पटक पाल्म होटेल एण्ड क्यासिनो नाइट क्लबमा भेटेकी थिइन् । एक दशक पहिला उनीमाथि रोनाल्डोले यौन शोषण गरेका थिए । जतिबेला कैथरीनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments