गोरखाको उत्तरी क्षेत्रमा पर्ने छेकम्पार गाविसको वडा नं. ३ मा रहेको नेपला टेलिकमको सिडिएमए टावर तोडफोड गरिएको अवस्थामा फेला परेको छ | बिगत तीन दिन देखि त्यस क्षेत्रमा  सिडिएमए मोबाइल सेवा नचले पछि स्थानीयहरु  टावरभएको स्थानमा हेर्न गएका थिए | तोडफोडबाट टेलिकमले ३ महिना अघि मात्र १ करोडकोलागनिमा स्थापना गरेको उक्त टावरमा रहेका  ब्याट्री, लाइन लगिएको तार, ट्रान्समिटरलगायतका यन्त्र उपकरण गरी करिब ४० लाखको क्षति  भएको  प्रारम्भिक अनुमान  गरिएको छ | टावरमा सुरक्षाको राम्रो प्रबन्ध नगरिएका कारण यति ठुलो क्षति व्यहोर्नु परेको स्थानीयको भनाई छ | टावर तोडफोड पछि छेकम्पार, चुम्चेतलगायत क्षेत्रका सिडिएमए फोन अवरुद्ध भएको छ। 

Please follow and like us:

Comments