मेलबर्न । नेपाली समुदायको ठूला पर्वहरु विजया दशमी, दीपावली , छठ र नेपाल संवतको सन्दर्भमा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नेभएको छ ।

यही अक्टुवर ७ अर्थात शनिवार हुने कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको सहभागीता रहने बताइएको छ । स्थानीय एलिज़ाबेथ प्लेग्राउंड साउथ टेरेसमा आयोजना गरिने यस कार्यक्रमको मुख्य उद्देश्य सामाजिक एकतासंगै नेपाली संस्कृतिको प्रवर्धन गर्नु रहेको छ ।

त्यसैले शुभकामना कार्यक्रममा उत्साहका साथ उपस्थितिका लागि एडीलेडबासी सम्पूर्ण नेपाली संस्कृतिप्रेमी समुदायलाई आयोजक एनआरएनएले आव्हान गरेको छ ।

कार्यक्रमका सहभागीहरुलाई निशुल्क प्रवेशसँगै दशैं बिशेष परिकारहरु समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments