मेलबर्न । अष्ट्रेलियाका सात प्रान्त मध्येको एक दक्षिण अष्ट्रेलिया हो । यसको राजधानी एडिलेड हो । दक्षिण अष्ट्रेलियामा भएका राम्रा विश्वविद्यालयका बारेमा नेपालमा कम चर्चा हुने गरेको छ । अष्ट्रेलिया जाने भन्ने वित्तिकै सिड्नी, मेलवर्न जस्ता ठुला शहरलाई मात्र प्राथमिकतामा राखेको पाइन्छ । तर दक्षिण अष्ट्रेलियाको एडिलेड पनि नेपाली विद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य हो । त्यहाँका फिलिण्डर विश्वविद्यालय संसारकै उत्कृष्ट २ मा पर्न सफल भएको छ । जहाँ केही नेपाली विद्यार्थी गएका छन् । तर पर्याप्त जानकारीको अभावमा त्यस विश्वविद्यालयमा कम विद्यार्थी जाने गरेका छन् । नर्सिङ अध्ययनका लागि पनि फ्लिन्डर विश्वविद्यालय विश्वकै उत्कृष्ट हो ।

भुटानी नेपाली भाषी सहित गरि एडिलेडमा करिब ६ हजार नेपाली छन् ।

दक्षिण अष्ट्रेलिया खर्चका हिसाबले पनि निकै सस्तो ठाउँ हो । अन्तराष्ट्रिय विद्यार्थीका लागि समेत यातायातमा छुटको व्यवस्था भएको अष्ट्रेलियाको एक मात्र प्रान्त हो । एक हप्तामा सिड्नीको यातायात खर्च पचास डलर भन्दा बढि पर्छ भने एडिलेडमा १६ डलर मात्र खर्च हुन्छ । सिड्नीमा बस्नका लागि तीन सयदेखि चार सयसम्म अपार्टमेन्टको भाडा पर्छ भने एडिलेडमा एक सय पचासदेखि दुई सयसम्मेमा पाइन्छ । एडिलेडमा काम जति पन पाइन्छ । अष्ट्रेलियाको अन्य सहरमा काम गर्दा जति पारिश्रमिक पाइन्छ एडिलेडमा पनि त्यति नै पाइन्छ ।

सिड्नीमा गएर पढेको विद्यार्थीले तीन वर्षमा ग्रयाजुएट गर्छ भने एडिलेडमा पढ्नेले दुई वर्षमा ग्रयाजुएट सकेर काम थालिसकेको हुन्छ । किनकी एडिलेड राज्यका विश्वविद्यालयले विद्यार्थीका लागि विशेष सुविधा प्रदान गरेका छन् । दक्षिण अष्ट्रेलियाले त्यहाँबाट ग्रयाजुएट गरेका विद्यार्थीलाई ५ प्वाइन्ट अतिरिक्त अंक दिन्छ । स्थायी बसोबासका लागि आवेदन दिनका लागि उक्त अंक निकै महत्वपूर्ण हुन्छ ।

यदि विद्यार्थीलाई अन्य सहरमा गएर बस्न र काम गर्न मन लागेमा पनि अध्ययन सकेपछि जुनसुकै स्थानमा गएर बस्न वा काम गर्न पाउँछ ।

नेपाली विद्यार्थी र विशेष गरेर नेपालमै नर्सिङ विषय अध्ययन गरिरहेका, गरिसकेका र अध्ययन पश्चात यो पेशामा लागिसकेकाहरुका लागि अष्ट्रेलियामा नर्सिङ अध्ययन पहिलो रोजाई बनेको छ । अध्ययन पछि रोजगारीको ग्यारेन्टीका साथै अष्ट्रेलियको स्थायी बसोबासको सुविधा प्राप्त गर्नका लागि यो अध्यननले अत्यन्तै सहज बनाइदिने भएकाले पनि यो विषय अध्ययन र त्यसपछि रोजगारीतर्फ सबैको अकर्षण बढेको हो । यसैकारणले पनि केही समय अघिसम्म पनि महिलाहरुले मात्रै अध्ययन गर्ने यो विषयमा पछिल्लो समय पुरुषहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

यहाँ नेपालमा नै नर्सिङ अध्ययन गरिसकेर नेपाल नर्सिङ काउन्सीलमा दर्ता भएकाहरु तथा नेपालमा उच्च माध्यमिक वा सो सरहको अध्ययन सम्पन्न गरेकाहरुको लागि दक्षिण अष्ट्रेलियमा कुन कुन बाटो भएर नर्सिङको उच्च अध्ययन गर्न सकिन्छ भनेर जानकारी गराउन मात्रै खोजिएको छ । नेपालमा तीन वर्षे प्रमाणपत्र तह वा पिसिएल नर्सिङ अध्ययन सम्पन्न गरेर अष्ट्रेलियमा अध्ययन गर्न आउन चाहनेहरुका लागि यहाँ विश्वविद्यालयहरुले विभिन्न पाथवे वा बाटो तय गरिदिएका छन् । यी पाथवेको बारेमा पर्याप्त अध्ययन गरेर आफूलाई उपयुुक्त हुने एक बाटो तय गरेमा नेपाली विद्यार्थीको समय र धेरै पैसाको पनि बचत हुने निश्चत छ ।

विकल्प १ :  व्याचलर अफ नर्सिङ (प्री रजिस्ट्रेशन)

यो तहमा अध्ययन गर्नेहरुलाई अष्ट्रेलियका विश्वविद्यालयहरुले नेपालमै नर्सिङ अध्ययन गरिसकेको अधारलाई मानेर एक बर्षको अध्ययनमा छुट वा क्रेडिट प्रदान गर्ने गरेका छन् । यो तरिकाले अध्ययन गर्दा विद्यार्थीले कुल तीन वर्षको अध्ययनमा एक वर्षको क्रेडिट लिएपछि केवल दुुई वर्षमा अध्ययन सम्पन्न गर्न सक्छन् । यो अध्ययन पाथवेको हकमा विद्यार्थीले अंग्रजी भाषाको परीक्षामा न्यूनतम ६ सहित औषममा ६.५ अंक वा अन्य प्रकारका अंगे्रजी भाषा परीक्षामा पनि सो सरहकै अंक भने प्राप्त गरेको हुनु पर्नेछ ।

विकल्प २: व्याचलर अफ नर्सिङ् (पोष्ट रजिष्ट्रेशन)

नेपालमा रिजिस्ट्रर्ड भइसकेका नर्सहरुले यो तरिकाबाट केवल एक वर्षको अध्ययन सकेर मात्रै पनि अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयबाट नर्सिङमा स्नातकको डिग्री प्राप्त गर्न सक्छन् । यसका लागि नेपालमा पिसिएल वा नर्सिङमा विएस्सीको अध्ययन सकेर नर्सिङ काउन्सीलमा दार्ता भएको भने हुुनपर्नेछ । यो अध्ययन पाथवेको हकमा विद्यार्थीले अंग्रेजी भाषाको परीक्षामा लिखित (राइटिङ) र श्रव्य (लिस्नीङ) परीक्षामा न्यूनतम ६.५ सहित औषममा ६.५ वा सो सरहको अंक प्राप्त गरेको हुुनुपर्नेछ ।

नेपालमा प्लस टू वा सो सरहको अध्ययन सम्पन्न गरेका विद्यार्थीहरुका लागि पनि अष्ट्रलियाका विश्व विद्यालयमा नर्सिङका लागि विभिन्न पाथवेहरु उपलब्ध छन् ।

विकल्प ३ :  ब्याचलर अफ नर्सिङ (प्री रजिस्ट्रेसन)

यो तीन बर्षे स्नातक डिग्री हो । यो विकल्पमा विद्यार्थीले पूूर्णकालिन (फूलटाइम) विद्यार्थीको रुपमा मात्रै अध्ययनका लागि अवसर प्राप्त गर्नसक्छन् । नेपालमा नर्सिङ सम्बन्धी कुनै पनि तह अध्यन नगरेका कारण यो तरिकाबाट अध्ययन गर्दा विद्यार्थीले कुने पनि क्रेडिट वा छुुट पाउदैनन् । जसको कारण यो अध्ययन अन्यको तुलनमा खर्चिलो र लामो हुुन्छ । यो अध्ययन पाथवेको हकमा विद्यार्थीले अंग्रजी भाषाको परिक्षामा न्यूनतम ६ सहित औषममा ६.५ अंक वा अन्य प्रकारका अंग्रजी भाषा परिक्षामा पनि सोसरहकै अकं भने प्राप्त गरेको हुनुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments