काठमाडौं । नेपाली चलचित्र अनुराग गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । पत्रकार ऋषि धमलाको निर्माण रहेको यस चलचित्रमा एलिजा गौतम र समुद्र पण्डितले मुख्य कलाकारको रुपमा काम गरेका छन् ।

चलचित्र अनुराग हेर्नको लागि नेपालका पूर्व मन्त्री तथा मन्त्रीहरु, राजनीतिक नेताहरु, समाजसेवी तथा चलचित्र क्षेत्रका व्यक्तित्वहरु हलमा पुगिरहेका छन् । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री रेखा थापा पनि अनुराग हेर्नको लागि हलसम्म पुगेकी छिन । चलचित्र अनुराग हेरिसकेपछि उनले चलचित्र राम्रो बनेको तथा एलिजा र समुद्रले राम्रो काम गरेको बताएकी छिन् । उनले एलिजा र समुद्रको अभिनय हेर्दा उनीहरुको डेब्यु चलचित्र जस्तो नलाग्ने बताएकी छिन् ।

रेखा थापाले एलिजालाई अब ऋषि धमलाको पत्नी भनेर सम्बोधन गर्न छोड्न आग्रह गरेकी छिन् । उनले एलिजाले आफ्नो कला क्षमता मार्फत आफ्नो एउटा पहिचान बनाइसकेकोले उनलाई अब ऋषि धमलाको पत्नी भनिरहनु नपर्ने बताएकी हुन् । रेखाले ऋषि धमलालाई चलचित्र क्षेत्रको राजनीतिको बारेमा कुरा उठाएकोमा धन्यवाद समेत दिएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments