काठमाडौं । नेपाली चलचित्र छिरिङ्ग गत शुक्रबार देखि हलहरुमा लागिरहेको छ । गायक यश कुमारले निर्देशन गरेको छिरिङ्गमा यश कुमार र निमा रुम्बाले अभिनय गरेका छन् ।

निमा रुम्बा नेपाली पप संगीतका स्रोताहरुका लोकप्रिय कलाकार हुन् । सानै देखि चलचित्र तथा अभिनयमा रुची भएका उनी गायक रुपमा परिचित भए । तर कागबेनी चलचित्रमा अभिनय गर्ने अवसर पाएपछि उनको त्यो रुची पनि पूरा भयो । कागबेनी पछि उनी केही चलचित्रमा छोटो भूमिकामा देखिए । त्यसपछि अहिले उनी चलचित्र छिरिङ्गमा मुख्य पात्रको रुपमा रहेका छन् । अभिनयमा रुची भएतापनि संगीत क्षेत्रमा भने आफ्नो विशेष लगाव रहेको उनी बताउँछन् ।

गायक तथा अभिनेता निमा रुम्बा वर्षौं अगाडी देखिका प्रशंसक छन् । ती प्रशंसकहरुले अहिले पनि आफूलाई संदेश, इमेल पठाउने गरेको उनी बताउँछन् । निमा रुम्बाले विवाह पनि आफ्नी प्रशंसक संग नै गरेका थिए । आफ्नो कार्यक्रममा भेटिएकी आफ्नो ठूलो प्रशंसक संग चिनजान बढेपछि प्रेम सम्बन्धमा पुगेको र विवाह गरेको निमा रुम्बा बताउँछन् । अहिले दुई सन्तानका आमा बुवा रहेका उनीहरुको जीवन सुखमय छ । सामान्य ठाकठुक र छलफल भने दिनहुँ जसो हुने उनी बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments