काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । डलरको भाउ आकाशिँदा नेपाली रुपैयाँ निकै सस्तो बनेको छ । पछिल्लो ६ महिनामा डलरको मूल्य १५ रुपैयाँ वृद्धि भएको हो ।

डलरको भाउ बढेर नेपाली रुपैयाँ सस्तो हुँदा नेपालमा पनि मिश्रित प्रभाव पर्नेछ । व्यापारिक असन्तुलन उच्च हुनेछ । आयातमा बढी भर पर्नु पर्दा यसले व्यापारिक कारोबारमा पनि समस्या परेको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को नेपाली रुपैयाँ ११७ रुपैयाँ ६५ पैसा तोकेको छ । बुधबार ११६ रुपैयाँ ९६ पैसा थियो । त्यस्तै, अष्ट्रेलियन डलर १ को नेपाली रुपैयाँ ८४ रुपैयाँ १२ पैसा पुगेको छ ।

भारतीय रुपैयाँ स्थिर बन्दा र नेपालको व्यापारिक कारोबार भारत हुँदै बढी हुँदा भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर हुँदा नेपाललाई पनि असर परेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Please follow and like us:

Comments