काठमाडौं । नेपाली चलचित्र अनुराग प्रदर्शनमा आएको छ । अनुराग हेर्नको लागि मन्त्री देखि कलाकार, पत्रकारसम्म हलमा पुगेका छन्। अनुरागलाई पत्रकार ऋषि धमलाले निर्माण गरेका हुन् भने उनकी पत्नी एलिजा गौतम र नयाँ अभिनेता समुद्र पण्डित यस चलचित्रमा मुख्य कलाकार छन् ।

चलचित्र अनुराग हेर्नको लागि मन्त्री लालबाबु पण्डित पनि हलमा पुगेका थिए । श्रीमती संगै अनुराग हेर्न हलमा पुगेका उनले चलचित्र एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपाली युवाहरुलाइ आफ्नो लक्ष्यमा दृढ हुनको लागि यस चलचित्रले संदेश दिने समेत बताएका छन् । लालबाबु पण्डितका अनुसार, उनी चलचित्रका केही दृश्यमा निकै भावुक भएका थिए । त्यस्तै, कलाकर हरिवंश आचार्य र भुवन के.सीले एलिजा र समुद्रको अभिनय निकै राम्रो रहेको बताएका छन् ।

चलचित्र अनुराग संगै अन्य नेपाली चलचित्र पनि एकैदिनमा रिलिज भएका छन् । त्यस्तै, केही हलहरुमा दर्शकले अनुराग हेर्न नपाएको गुनासो पनि गरिरहेका छन् । धमलाले चलचित्र क्षेत्र भित्र राजनीति मौलाएको र आफूलाई वितरकले ढोका दिएको बताउंदै आएका छन् । उनले नेपाली चलचित्रको विकासको लागि अब धेरै निर्माता मिलेर थोरै चलचित्र तर राम्रा चलचित्र निर्माण गर्नुपर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments