मेलबर्न । अष्ट्रेलियाको प्रतिष्ठित ‘प्राइड अफ अष्ट्रेलिया मेडल’ का लागि नेपाली मुलका डा. कुमुद धिताल मनोनित भएका छन् । डा. धितालले चार वर्षअघि मृत घोषणा गरिएको ब्यक्तिको मुटुलाई जीवित गराएपछि उनी विश्वभर चर्चित भएका थिए ।

डा. धितालले मृत घोषणा गरिएको व्यक्तिलाई बिशेष किसिमको मेसिनमा राखेर मुटु जीवित गराएर अर्को शरीरमा सफलता पूर्वक प्रत्यारोपण गरेका थिए । डा. धितालले अहिलेसम्म मृत मुटुलाई जीवित गराएर २७ जनालाई नयाँ जीवन दिइसकेका छन् । उनले पत्ता लगाएको यो प्रविधि विश्वका केही अस्पतालले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्ने योजनामा छन् ।

अष्ट्रेलियाको प्रतिष्ठित सञ्चार गृह न्युजकर्पले समाजमा उल्लेख योगदान पुर्‍याएका ब्यक्तिहरुलाई ‘प्राइड अफ अष्ट्रेलिया मेडल’ प्रत्येक वर्ष दिने गर्दछ । जसको लागि डाक्टर कुमुद धिताल मनोनित भएका हुन् । सेन्ट भिन्सेन्ट अस्पताल र सिड्नीको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत उनले आफूलाई यस अवार्डको लागि कसले र कहिले मनोनयन गऱ्यो थाहा नभएको , तर मनोनित भएको थाहा पाउँदा खुशी लागेको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

  • career-in-aus

Comments

comments