काठमाडौं । चार्डपर्वको नजिकमा त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।

चाडवाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भन्दै डिभिजन सडक कार्यालय काठमाडौंले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।

डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने जानकारी दिनुभयो । डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको छ ।

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

Comments

comments