मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा यसपालीको दशैं विशेष हुने भएको छ । सहि हो इभेन्ट्स, हैट इन्टरटेनमेन्ट र कंडेल कन्सल्टेन्सीको सहकार्यमा दशैँ विशेष म्युजिकल टुर २०१८ हुने भएको हो । कार्यक्रममा लोकप्रिय कलाकारहरु अनिल सिंह, भिटेन र नीतेश जंग कुँवरको बेजोड प्रस्तुती रहने छ ।

बडादशैंको समयमा देशबाट टाढा रहेका नेपालीहरुलाई रमाइलो माहोल सिर्जना गर्नको लागि कार्यक्रम गरिएको बताउंदै कंडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कंडेलले भन्नुभयो, ” कार्यक्रमले चाडपर्वको बेलामा उमंग र खुशी ल्याउनेछ भन्नेमा हामी आशावादी छौं । त्यसैले मेलबर्न र मेलबर्न वरपर रहनुभएका नेपालीहरु यस कार्यक्रममा सहभागी भएर कार्यक्रम भव्यताका साथ सफल बनाउनको लागि सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ” ।

कंडेल कन्सल्टेन्सीले नेपाली समुदायलाई अगाडी बढाउन, नेपाली कला संस्कृतीको जगेर्ना गर्नको लागि स्थापना काल देखि नै नेपाली संघसंस्था, कार्यक्रमहरुमा हातेमालो गर्दै आएको छ । यसको साथै अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीहरुको लागि पनि कंडेल कन्सल्टेन्सी भरपर्दो साथी बन्दै आएको छ । म्युजिकल टुरले नेपाली विद्यार्थीमा पनि खुशी ल्याउने आशा रहेको राज कंडेल बताउनुहुन्छ ।

म्युजिकल टुर २०१८ अक्टोबर ७ आइतबारका दिन बिल्बोर्ड द भेन्युमा हुनेछ । कार्यक्रममा सहभागी हुनको लागि टिकट बुकिङ्ग गर्नेहरुलाई ३५ डलर र कार्यक्रमको समयमै टिकट लिनेहरुका लागि ४० डलर शुल्क तोकिएको छ । कार्यक्रममा १८ वर्ष भन्दा माथिकाले मात्र प्रवेश पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments