काठमाडौं । देशभर सञ्चालनमा रहेका अधिकांश वृद्धाश्रम र दिवासेवा केन्द्रलाई पैसा कमाउने माध्यम बनाइको छ ।

अधिकांश वृद्धाश्रम र दिवा सेवा केन्द्र सञ्चालकले त्यहाँ आश्रित ज्येष्ठ नागरिकका नाममा राज्यबाट रकमका लागि दुरुपयोग गरेको रहस्य राष्ट्रिय मानव अधिकार आयोगकोे अध्ययनबाट बाहिरिएको हो ।

आयोगले ज्येष्ठ नागरिकका लागि सरकारले गरेको लगानी र उपलब्धि अध्ययनको मुल विषय बनाएको छ । यस वर्षको १८ औं अन्तर्राट्रिय ज्येष्ठ नागरिक दिवस आज ‘सोमबार’ मनाइँदै छ ।

दिवसको अघिल्लो दिन आइतबार आयोगले सार्वजनिक गरेको मध्यावधि प्रतिवेदनमा सरकार र गैरसरकारी संस्थाले लगानी गरेपनि वृद्धाश्रममा स्वास्थ्य उपचार मुुख्य समस्या भएको छ ।

Please follow and like us:

Comments