मेलबर्न । नेपालीहरुको सबैभन्दा ठूलो पर्व मानिने बडादशैं नजिकिंदै छ । विदेशमा रहंदा विशेष गरि चाडपर्वमा घरपरिवारको सम्झनाले सताउँछ भने घरपरिवारले भने अधुरो महसुस गर्छन् ।

घरपरिवारबाट टाढा अष्ट्रेलियामा रहेका नेपालीहरुको यो भावनालाई बुझ्दै केक टु नेपालले दशैंमा खुशी बढाउने प्रयास गरेको छ । केक टु नेपालले काठमाडौं, चितवन, नवलपरासी, पोखरा, बुटवल लगातका शहरहरुमा केक तथा उपहार फ्री डेलिभर गर्दै आएको छ । विगत तीन वर्षदेखि जन्मदिन, आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन आदि दिनमा धेरै परिवारमा खुशी भर्दै आएको केक टु नेपालले दशैंको लागि विशेष योजना ल्याएको हो ।

दशैंको प्याकेज ५४ डलर देखि सुरु रहेको छ । दशैं प्याकेज भित्र खसी, रेड लेवल, ब्ल्याक लेवल, १० हजार रुपैयाँ नगद, स्न्याक्स आदि रहेका छन् । त्यस्तै काठमाडौं भित्र ओप्पो, भिभो, साम्सुङ्ग ब्राण्डका मोबाइलहरु पनि डेलिभर गर्न सकिने केक टु नेपालले जनाएको छ ।

केक टु नेपालले एउटा अफर समेत लिएर आएको छ । उक्त अफर अनुसार, केक टु नेपालको पोस्टमा अष्ट्रेलियामा रहने पांच जना व्यक्तिलाई ट्याग गर्नुपर्नेछ र उक्त पोस्ट सेयर गर्नुपर्नेछ । त्यसपछि लक्की ड्र मार्फत हरेक दिन विजेता घोषणा गरिन्छ । विजेताले १ पाउण्डको ब्ल्याक फरेस्ट केक वा रु.५०० बराबरको रिचार्ज कार्ड पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments