आदरणीय योगेश दाई, रबिन्द्र दाई, ठाकुर दाई राम कुमारी दिदी, नविनाजी

तपाईहरु देशको आशा लाग्दा नेता ! तपाईंहरुको नेतृत्वमा हामीले समय समयमा भएका विभिन्न आन्दोलनहरुमा निकै साथ दियौं । अखिल नेतृत्वले उठान गरेका बिषय सधैं जनहित र विद्यार्थीमा नै केन्द्रित रहेकाले दिनरात यसका निम्ति संघर्षशील भइनैरह्यौं । हाल पनि पार्टीका हितका लागि येा क्रम जारी नै छ ।

त्यसबेला अनेरास्ववियुले हृतिक रोशन काण्डमा निभाएकेा भूमिका सम्झौं या प्रविण गुरुङ हत्याकाण्डमा तत्कालिन शाह ज्यादा पारस शाहको बिरुद्द मा ४ लाख् हस्ताक्षर दरबारमा बुझाउने काम सबै उल्लेख्य नै थिए। इतिहास नै साक्षी छ, अनेरास्ववियुका तत्कालिन अध्यक्ष रबिन्द्र दाईको नेतृत्वमा भएको त्येा हस्ताक्षर संकलन पश्चात तत्कलिन राजाले हत्याको बिषयमा छानबिन गर्नेछु भनेर पत्र पठाउन बाध्य भएका थिए ।

चाहे प्रजातन्त्रका लागि होस् वा समय समयमा भएका राज्यका गल्तीहरू हुन्, विद्यार्थी नेतृत्वले खबरदारी गर्न कहिल्यै छेाडेन । गलतलाई गलत र सहीलाई सही भन्ने साहस बेाक्न अखिल नेतृत्वले पाठ सिकाईरह्येा । तर अहिले त्यही नेतृत्व देशकेा बागडेार नै सम्हालिरहेकेा छ र पनि देशमा हत्या बलात्कार शेाषण जस्ता कुराहरुले मलजल पाईरहेकेा भान हामी अाफै गर्न थालेका छौं। प्रत्येक दिन बलात्कार तथा हत्याका विषयमा समाचार बनिरहँदा मैान बस्न गाह्रेा हुँदेारहेछ ।

निर्मला हत्याकाण्डले अाजकाल निदाँउन नै गाह्रेा पारिरहेकेा छ । हाम्रा पनि घरमा चेली छन् भन्ने सेाच्न बाध्य पारिरहेकेा छ । तर खै किन , तपाईहरु चुप हुनुहुन्छ ! किन बोल्न सकिरहनुभएको छैन, अचम्भित छु । नविनाजी अनेरास्ववियुमा फरक अाईसकेको हेा र ? हामीले त चाहे घरमा पर्दा होस् वा बाहिर पर्दा होस्, बोल्न कहिल्यै छोडेका थिएनौ । अहिले त निर्मलाको बिषयले प्रत्येक चेलीहरू रूदै छन् , प्रत्येक छोरीका बाबु अामा दाईभाई कराँउदै छन् । हरेक चेलीहरू असुरक्षित महसुस गरिरहेका छन् । यो कोलाहालले एउटा युद्धको शंख बजाईसकेको छ । कालरात्री निम्तनुभन्दा पहिले यसको दिर्घकालिन उपाय निकाल सरकार । बलात्कार जघन्य अपराध हो ध्यान आकृष्ट गर सरकार ।

बहिनी निर्मला पन्तको आत्माले शान्ती पाउन सकोस् !

– प्रकाश सेढाई
पूर्व सहसचिव, अनेरास्ववियु, काठमाडौं जिल्ला कमिटी
हाल : मेलबर्न , अष्ट्रेलिया
प्रवासी नेपाली संघका नेता

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments