काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिकिदै छ । दशैँमा विशेष गरि खसी-बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत गर्नको लागि खसीको मासुको पक्कु बनाउन सकिन्छ । खसीको पक्कु बनाएर केही दिनसम्म राखेर खान सकिन्छ । यसमा लसुन प्याज नराखिने हुँदा लामो समयसम्म बिग्रिदैन ।

आवश्यक सामग्री :

खसीको ताजा मासु, बेसार, तोरीको तेल , गरम मसला, नुन, जिरा धनियाँ पाउडर, ल्वाङ्ग सुकमेलको धुलो , रातो धुलो खुर्सानी, दालचिनी, तेजपत्ता

विधि

सबैभन्दा पहिले मासुमा नुन, तोरीको तेल, गरम मसला, बेसार, जिर धनियाँ पाउडर, खुर्सानीको धुलो राख्ने र राम्रोसंग मुछ्ने ।

अब त्यसलाई छोप्ने र कम्तीमा पांच घण्टा यत्तिकै राख्ने । पांच घण्टा पछि मासु निकाल्ने ।

एउटा भाँडोमा तोरीको तेल तताउने ।

तेल तातिसकेपछि त्यसमा तेज्पत्ता, सुकमेल, दालचिनी फुराउने । अब त्यसमा अघि मुछेको मासु पनि राख्ने र राम्रोसंग चलाउने ।

त्यसपछि त्यसलाई बिर्कोले छोपेर १५ मिनेटसम्म पकाउने । 

त्यसलाई चलाउने र फेरी १५ मिनेटसम्म पकाउने । अब त्यसलाई राम्रोसंग चलाउने र ल्वाङ्ग सुकमेलको धुलो राखिदिने ।

त्यसपछि त्यसलाई चलाउने र केहीछिन पाक्न दिने । अब पक्कु तयार हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments