नेप्लिज एसोसिएसन जिलोंगको आयोजनामा दशैँ भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | स्थानीय परिषद सदस्यहरुको उपस्थितिमा पूर्व मन्त्रिहरु साथै जिलोंग नेप्लिज एसोसिएसन  र नेप्लिज एसोसिएसन  अफ भिक्टोरियाका  प्रतिनिधि  समेत सम्मिलित दशैँ विशेष कार्यक्रम पहिलो पटक आयोजना भएको जनाइएको छ |10715831_10204039277374025_1002284800_n

कार्यक्रममा नेप्लिज एसोसिएसन जिलोंगका अध्यक्ष एवं लुम्बिनी कपिलवस्तु डे मुभमेन्टका ग्लोबल कोअर्डिनेटर  कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो | डा. सावित्रा काफ्लेले तयार पार्नुभएको नेपाली संस्कृति र परम्परा सम्बन्धि एक प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण थियो | कार्यक्रममा  नेप्लिज एसोसिएसन  अफ भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यले समुदायमा संस्कृति प्रबर्दन् गर्न यस्ता किसिमका कार्यक्रमहरुको आवस्यकता रहेको बताउनुयो |10719327_10204039275293973_1278965662_n

 नेपाली समुदायलाई एकत्रित गराई नेपाली संस्कृति र  परम्पराको संरक्षण तथा प्रवर्दनमा सहयोग पुर्याउने उदेश्यका साथै नयाँ पुस्तामा नेपाल र नेपालीको पहिचान कायम राख्न अनि नेपालका पर्यटकीय महत्वका सम्पदाहरुको प्रचारप्रसार निम्ति कार्यक्रमको आयोजना गरिएको हो | दशैँ विशेष भेटघाट कार्यक्रमको सन्चालन मिस नेपाल अस्ट्रेलिया दीपाश्री शाहले गर्नु भएको थियो भने मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरण पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो |


10723492_10204039276133994_287803778_n

दशैँ भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रमको अर्कोआकर्षण स्थानीय कलाकारहरुको  सक्रिय सहभागितामा  नेपाली गीत संगीत र संस्कृतिक प्रस्तुतिहरु  सहित सहभागीहरुका निम्ति  स्वादिष्ट नेपाली परिकारहरुको  व्यवस्था गरिएको थियो |कार्यक्रममा अतिथिहरुबाट सहभागीहरुले दशैंको टिका र आशिर्वाद ग्रहण गरेका थिए |10723418_10204039278454052_2131134529_n  ( Tittle image : neplaisanchar)

Please follow and like us:

Comments