गोरखा अस्पतालको शौचालयमा थुनिएको अवस्थामा ६२ बर्षीय सुविराज गुरुङको शव फेला परेको  गोरखा प्रहरीले जनाएको छ | फुलपातीको दिनदेखिसम्पर्क बिहिन  एम्बुलेन्स चालक सुविराज गुरुङको खोजि भैरहेको थियो |  नजिकै रहेको सैलुनका एक व्यक्तिले अस्पतालको शौचालयबाट शबको गन्ध आएको थाहा पाए पछि प्रहरीलाई खबर गरेका थिए | भित्रबाट चुकुल लगाएको अवस्थामा भेटिएको मृतक   गुरुङको मृत्युको कारण बारे छानबिन गरिने  प्रहरीले जनाएको छ |

Comments

comments