मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपाली युवाहरु मानसिक दबाबमा पर्ने, निराशामा धकेलिने, मानिसक रुपमा अस्वस्थ हुने र आत्महत्यालाई विकल्पको रुपमा लिने क्रम बढ्दो छ । आत्महत्या अष्ट्रेलियामा मात्र नभएर नेपाल लगायत अन्य देशमा पनि समस्याको रुपमा देखा परिरहेको छ ।

अष्ट्रेलियामा रहेर कलाकारिता क्षेत्रमा पनि पाइला अगाडी बढाइरहेका नेपाली युवाहरुले संदेशमुलक एउटा भिडियो सार्वजनिक गरेका छन् । ‘आत्महत्या विकल्प होइन’ भन्ने मुख्य संदेशका साथ सार्वजनिक गरिएको उक्त भिडियोमा युवाको समस्या, उनीहरुमा गुज्रिने मानसिक स्थितिलाई पनि देखाइएको छ । साथमा , जुनसुकै समस्यालाई चिरेर अगाडी बढ्न सकिन्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

उक्त संदेशमुलक भिडियोमा सायद श्रेष्ठ र सन्तोष कंडेलले अभिनय गरेका छन् । बाबा फिल्म्स प्रोडक्सनले तयार पारेको उक्त भिडियोलाई संजय सेन्चुरीले छायांकन तथा सम्पादन गरेका हुन् । बाबा फिल्म्स मार्फत कभर भिडियो तयार पार्दै आएका संजय सेन्चुरीले यसपटक यो फरक किसिमको संदेशमुलक भिडियो निर्माण गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments