काठमाडौं । छोइला विशेषगरि नेवारी समुदायले खाने परिकार हो । तर आजकल यो परिकार सबैको प्रिय परिकार बनेको छ । छोइला बनाउँदा धेरैजसो मासुको बनाउने गरिन्छ । तर सोयाबिनको मस्यौरा, च्याउ आदिको पनि छोइला बनाउन सकिन्छ , जुन शाकाहारीहरुको लागि उपयुक्त परिकार हुन्छ ।

आवश्यक सामग्री

च्याउ , प्याज, हरियो खुर्सानी, लसुन, अदुवा

बेसार, नुन, जिरा धनियाँ पाउडर, मेथी

सुकेको खुर्सानी, उसिनेको टमाटर, टिमुर

 

विधि

च्याउलाई राम्रोसंग केलाउने र तातो पानीले पखाल्ने ।

च्याउबाट पानी निकालेर सुख्खा बनाउने ।

अब एउटा भाँडोमा तेल तताउने र तेल तातेपछि त्यसमा च्याउ राखेर फ्राई गर्ने ।

त्यसपछि लसुन, अदुवा, टिमुर, टमाटर, मसलाको पेस्ट बनाउने ।

फ्राई भएको च्याउलाई एउटा भाँडोमा राख्ने र त्यसमा अघि बनाएको पेस्ट राख्ने ।

अब प्यानमा तेल तताएर त्यसमा बेसार र मेथी फुराउने ।

त्यसपछि च्याउमा त्यो तेलले झान्ने ।

अब त्यसमा खुर्सानी, हरियो प्याज, लसुनको पात आदि सबै राखेर राम्रोसंग मोल्ने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments