काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हिन्दी भाषाको प्रयोग गर्दा आफुलाई गाली गर्ने गरेको बताउनुभएको छ ।

संघीय संसद अन्र्तगतको प्रतिनिधी सभा बैठकमा बोल्दै नेता महतोले आफुले हिन्दी भाषाको प्रयोग गर्दा सामाजिक सञ्जालमा गाली गर्नेहरुलाई खोक्रो राष्टवाद नदेखाउन अनुरोध गर्नुभएको छ । मधेशमा रहेका मधेशीहरुको सम्र्पक भाषा हिन्दी भएको बताउँदै महतोले आफुले मान्यता र पहिचानको लागि हिन्दी बोलेको उल्लेख गनुभयो । महतोले हिन्दी भाषालाई सरकारले मान्यता नपाएसम्म आफु बोलिरहने बताउनुभयो ।

साथै महतोले जनताले बहुमत दिएको रमेश चौधरीलाई सरकारले जनप्रतिनिधीको रुपमा नस्वीकारेकोमा आक्रोश ब्यक्त गनुभएको छ । १० बर्षे जनयुद्ध र ६२÷६३ को जनआन्दोलनसँग कैलालीको टिकापुर घटनालाई तुलना गर्दै नेता महतोले रेशम चौधरीलाई सांसदको प्रमाणपत्र दिनुपर्नेमा जोड दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments