काठमाडौं । नेपाली चलचित्र इन्टु मिन्टू लन्डनमा हाल प्रदर्शन भइरहेको छ । प्रदर्शनको सुरुको हप्ता देखि नै राम्रो व्यापार गर्न सफल भएको यस चलचित्रलाई प्रज्वल शमशेर राणाले निर्माण गरेका हुन् भने रेनशा राईले निर्देशन गरेकी हुन् । कोरियोग्राफरको रुपमा काम गर्दै आएकी रेनशाको निर्देशकको रुपमा यो डेब्यु चलचित्र हो ।

चलचित्र निर्माता प्रज्वल र निर्देशक रेनशा प्रेमसम्बन्धमा छन् । करिब एक दशक अगाडी चलचित्र क्षेत्रमा काम गर्दा नै उनीहरुको भेट भएको थियो । त्यसपछि मित्रता हुँदै करिब ७ वर्ष अगाडी उनीहरु प्रेमसम्बन्धमा बाँधिएका थिए । आफूहरुले आफ्नो सम्बन्धलाई कहिल्यै पनि नलुकाएको, तर मिडियामा आफूहरु कम आएका कारण प्रेमसम्बन्ध सार्वजनिक नभएको उनीहरु बताउँछन् । रेनशा जस्तो साथी पाउनुमा प्रज्वल आफूलाई भाग्यमानी ठान्छन् भने प्रज्वल नै आफ्नो सफलताको पछाडीको मुख्य हिरो भएको रेनशा बताउँछिन् ।

रेनशा र प्रज्वलले इन्टु मिन्टू लन्डनमाको सफलतापछि नयाँ चलचित्रको घोषणा समेत गरेका छन् । काममा एकअर्काको साथी बन्दै हिंडेका उनीहरुले छिट्टै विवाह गर्ने योजना समेत बनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments