काठमाडौं । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सहयोगमा उज्यालो नेपाल चितवनले रत्ननगरका अपाङ्गता भएकाहरुलाई ह्वील चियर बितरण गरेको छ ।

बुधवार रत्ननगरमा आयोजित एक कार्यक्रमकाबीच १० जना भिन्न परिचय भएकाहरुलाई ह्वील चियर बितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले अरुको हितका लागि सहयोगी हुनु सबैभन्दा ठुलो धर्म भएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रको विकास बिना देशको बिकास सम्भव नहुनेमा जोड दिदै सबैले आफूले सकेको सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालको सम्बृद्धिका लागि बिदेश गएका युवाहरुले गर्ने सेवाले महत्वपूर्ण भुमिका निर्बाह गरेको उहाँको भनाइ थियो ।

नेपाली जन सम्पर्क समिति अष्ट्रेलिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा शुकराम दराई, डिलकुमारी श्रेष्ठ,सप्तबहादुर तामाड,रमादेवी अर्याल, बिष्णु चौधरी, आयिसा महत्तो,सोमनाथ गौतम, गोपाल सुबेदी,रामकृष्ण अधिकारी र नारायण बराललाई ह्वील चियर बितरण गरिएको थियो ।

Comments

comments