काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले बूढीगण्डकी आयोजना निर्माण गेजुवा कम्पनीलाई दिने निर्णयप्रति  आपत्ति जनाउनु भएको छ ।

‘प्रधानमन्त्रीले श्री ३ को शैलीमा चाईना गेजुवा कम्पनीलाई बूढीगण्डकी आयोजना बनाउन हुकुम गरिबक्स्यो, प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तामेली गर्न तालुकवाला मन्त्रालय र मन्त्री बाध्य छन्’ प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले भन्नुभयो, ‘हाम्रो पनि त्यस्तै अनुभव रह्यो । सभामुख महोदय, के सदन पनि प्रधानमन्त्रीको हुकुमको छायाँ हुन सक्छ ?’

सांसद थापाले विगतमा आयोजना निर्माणको जिम्मा दिने सम्बन्धमा भएका निर्णयको स्मरण गराउदै सरकारले विधि र विधान तथा सुशासन उल्लघंन गरेकाे दाबी गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments