काठमाडौं । चलिरहेको फेशन ट्रेन्ड अनुसार, लुगा मात्र मिलाएर हुँदैन, त्यससंग मिल्ने विभिन्न गहनाको पनि आवश्यकता हुन्छ । गहनामा विशेषगरि इयररिङ्ग अर्थात कानको झुम्का लगाउँदा विशेष ध्यान दिनुपर्छ । कानको झुम्काले लुगा मात्र नभएर समग्र व्यक्तित्वलाई नै उजागर गर्छ।

झुम्का लगाउँदा आफूले कस्तो किसिमको लुगा लगाउंदैछु र कहाँ जाँदैछु भन्ने कुरामा ध्यान दिनुपर्छ। आजकल चलेको ट्यासल इयररिङ्ग अर्थात तल झुम्का झुण्डीएको इयररिङ्ग नेपालमा पनि लोकप्रिय भैरहेको छ । त्यो झुम्का लगाउँदा, यदि धागो झुण्डीएको झुम्का हो भने सामन्य लुगासंग मिलाएर लगाउँदा राम्रो देखिन्छ । तर त्यसमा पत्थर छ र धातुको झुम्का छ भने त्यो इयररिङ्ग विभिन्न पार्टीहरुमा साडी, कुर्ता या गाउनको साथमा पनि लगाउन सकिन्छ ।

ठूला झुम्का लगाइसकेपछि घांटीमा केही पनि नलगाउनु राम्रो देखिन्छ । झुम्का ठूलो छ र घांटीमा पनि लगाएको छ भने त्यसले आफूलाई भारि त लाग्छ नै, हेर्दा समेत भद्दा देखिन्छ । त्यसैले अहिले फेशनमा रहेको ठूलो किसिमको झुम्का छ भने लुगालाई मिल्ने किसिमको झुम्का लगाउन सकिन्छ , यसले गर्दा घांटीको गहनासंग मिलाउने झन्झट पनि हुँदैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments