मेलबर्न । नेपालको पर्यटन प्रवद्र्धनकालागि अष्ट्रेलियाको सिड्नीमा नेपाल फेष्टिवल हुने भएको छ ।

एनआरएनए अष्ट्रेलिया,न्यू स्टेट कोअर्डिनेशन काउन्सिलको आयोजनामा आगामी नोभेम्वर २४ मा हुने फेष्टिवलमा युवा पुस्ताकी चर्चित नायिका आँचल शर्माको प्रस्तुति प्रमुख आकर्षणमको रुपमा रहने छ । यस्तै कार्यक्रममा राजेशपायल राई,पशुपति शर्मा,विश्व नेपाली,शिव शर्मा र तृष्णा गुरुङ लगायतका गायक गायिकाहरुको प्रस्तुति पनि रहनेछन् ।

भिजिट नेपाल २०२० को प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्न लागेको कार्यक्रममा नेपाली भेषभेषा,संस्कृति र नेपाली खानाका स्टलहरु रहनेछन् । मेलामा नेपालबारे जानकारी उपलब्ध गराउने विशेष स्टल समेत रहने आयोजकले जानकारी दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments