मेष राशिः
घरपरिवारमा अतिथि आगमन होला । धनसम्पत्ति लाभ होला । भोजन तथा अन्य सुखसुविधा मिल्नेछ । आँटेका काम पूरा होलान् ।
वृष राशिः
व्यर्थका खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।
मिथुन राशिः
मान्यजनबाट सुख प्राप्त होला । यात्रा सम्भव होला । छोराछोरी तथा आफूभन्दा साना व्यक्तिबाट सहयोग प्राप्त होला ।
कर्कट राशिः
इष्टकार्यको सिद्धि होला । मानसम्मान प्राप्त होला । धनमाल लाभ होला । विशिष्ट व्यक्तिबाट सुख्खा तथा सहयोग प्राप्त होला । मनमा उत्साह बढ्ला ।
सिंह राशिः
विपरीत लिंगीबाट सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । धनलाभ होला । आर्थिक उन्नति हुने नयाँ काम थालनी होला । सवारीसाधनबाट सुख मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।
कन्या राशिः
आर्थिक संकट पर्ला । रोगको भय रहला । अरुची तथा अपचले सताउला । झगडा तथा अनावश्यक विवादमा पर्नुपर्ला । शरीरमा आवश्यक दुखाइ होला ।
तुला राशिः
कामहरु अधुरै रहलान् । आफन्तबाट सहयोग नहुँदा निराश हुनु पर्ला । शारीरिक अस्वस्थताले पनि सताउला । आर्थिक पक्षमा घाटा खानु पर्ला ।
वृश्चिक राशिः
विरोधी निष्क्रिय होलान् । धनलाभ होला । नयाँ काम सुरुवात गर्ने मौका मिल्ला । आनन्द होला । समय शुभ रहला ।
धनु राशिः
शक्ति र साहसबाट मानसम्मान वृद्धि होला । सहकर्मीहरूको सहयोगबाट गरेका काम सम्पन्न होलान् । धनलाभ हुने नयाँ काम सुरुवात   होला । मनमा हर्ष छाउला ।
मकर राशिः
धननाश हुनाले मनमा चिन्ता पर्ला । शरीरमा आलस्यता बढ्ला । मनमा चिन्ता थपिएला ।
कुम्भ राशिः
अन्न तथा द्रव्य लाभ होला । भाग्योदयको समय रहला । रोगबाट छुटकारा पाइएला । सुख तथा आनन्द प्राप्त होला । मानसम्मान बढ्ला । भोजन तथा सुविधायुक्त बस्तु प्राप्त होला ।
मीन राशिः
धन प्राप्त होला । साथी सहकर्मीको सुख प्राप्त होला । नसोचेका ठाउँमा अपरिचित व्यक्तिबाट सहयोग मिल्ला । धनलाभ बढ्ला । सम्मान पुरस्कार प्राप्त होला ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Please follow and like us:

Comments