काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई मिनेट कुराकानी भएको छ । राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुने अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उहाँहरुबिच उभिएरै यस्तो छलफल भएको हो ।

उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’

संक्षिप्त समयको फाइदा उठाउदै ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ । ७० औं महासभामा सुशील कोइरालाले ओबामालाई भेटेका थिए । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग कार्यक्रममै भए पनि भेटघाट गर्न पाएका थिएनन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments