आइएस विद्रोहीहरुद्वारा सार्वजनिक पछिल्लो भिडियोमा बेलायती सहयोग नियोगका कामदार एलेन हेन्निंगको घाँटी रेटी हत्या गरिएको देखाइएको छ |   बेलयाती सहयोग पुर्याउन सवारी चालक का रुपमा सिरिया पुगेका हेन्निंगलाई आइएस विद्रोहीले अपहरण गरि कब्जामा राखेका थिए |

अमेरिकालाई सन्देश भन्दै आइएस विद्रोहीले सार्वजनिक गर्ने गरेको यस्तो भिडियो तेश्रो पटक बाहिर आएको हो | यस अघि पत्रकार जेम्स फोले र स्टेभेन सोतोल्फ़को उसै गरि घाँटी रेटी हत्या गरेका थिए | तेस्रो पटक सार्वजनिक भिडियोमा सुन्तला रङ्गको पहिरनमा देखिएका हेन्निंगलाई मारिनु अघि बेलायत विरुद्ध बोल्न लगाइएको छ | उनले भनेका छन् ” इस्लामिक स्टेट विरुद्ध आक्रमण गर्ने हाम्रो पार्लियामेन्टको निर्णयका कारण , म एक बेलायती नागरिकको सदस्यको नाताले म यो मूल्य तिर्दैछु |” हेन्निंग संगै उभिएका अर्का आइएस सदस्य भने पहिलेका भिडियोमा जस्तै कालो पोशाकमा अनुहार छोपेर हातमा चक्कु बोकेको आवस्थामा देखिएका छन् |

पछिल्लो पटक सार्वजनिक भिडियो पश्चात बेलायती प्रधानमन्त्री डेविड क्यामरूनले प्रतिक्रिया दिदै इस्लामिक स्टेट क्रुर र  निर्दयी भएकोले उनीहरु घृणाका योग्य  रहेको बताएका छन् |

camron

यसघि सार्वजानिक भिडियो मारिएका डेविड हेन्को हत्याको दृश्य संगै आइएस बिद्रोहीले आफ्ना माग सुनुवाई नगरे हेन्निंगको पनि हत्या गर्ने धम्कि दिएका थिए | सो भिडियो सार्वजनिक भए लगत्तै हेन्निंगकी श्रीमती बारबराले आफ्ना पतिलाई सकुशल रिहा गर्न आइएस बिद्रोही सँग आग्रह गरेकी थिईन् | ( News/Image source: abc.net.au/AFP)

Comments