काठमाडौं । एसिड जस्तो घातक पदार्थ सर्वसुलभ हुनु समस्या रहेको विशेषज्ञहरुले बताएका छन् । बजारमा यसको सहजरुपमा विक्रिवितरण हुनेगरेकोले एसिडका घटनाहरु एकपछि अर्को गर्दै बढिरहेको उनीहरुको भनाईन छ ।

पछिल्लो समय सामान्य विवादमा समेत बदला लिने मनसायले एसिड आक्रमण हुने गरेकोले यसको नियन्त्रण गर्न विक्रिवितरणमानै कडा कानुन लगाएर कडिकडाउ गर्नु पर्ने उनीहरुको सुझाव छ ।  केहL सयम अघि बंगलादेशमा एसिड आक्रमणका घटना अत्यधिक बढेको र त्यसलाई नियन्त्रण गर्न सरकारले एसिड विक्रिवितरणमा कडाई गरेर नियन्त्रणमा ल्याएको भन्दै नेपालमा पनि अब त्यस्तै कानुनको आवश्यक रहेको विशेषज्ञहरु बताए ।

एसिड सर्भाइभर फाउन्डेसन, बंगलादेशको तथ्याङअनुसार सन् १९९९ देखि २०१७ सम्ममा एसिड आक्रमणका ३ हजार ३ सय ८६ घटन घटेका थिए । पछि सरकारले एसिडको विक्रिवितरणमा रोक लगाएपछि सन् २०१८ को अगस्टसम्म आईपुग्दा १५ घटना भएकाे देखिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments