काठमाडौं । लुका मोड्रिक विश्वकै उत्कृष्ट फुटबल खेलाडीमा चयन भएका छन् । लण्डनमा सोमवार राति सम्पन्न बेष्ट फिफा पुटवल अवार्डमा लुका सर्वोत्कृष्ट पुरुष खेलाडीका रुपमा पुरस्कृत भएका हुन् ।

रियल म्याड्रिडका मिड फिल्डर ३३ वर्षीय लुकाले क्रिष्टियानो रोनाल्डो,जुभेन्टस र मोहम्मद सलह जस्ता स्टार खेलाडीहरुलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

मोड्रिकले गत मेमा क्लबलाई च्याम्पियनसीप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै हालै सम्पन्न विश्वकपमा आफ्नो देश क्रोयसियालाई फाइनलमा पुर्याएर वाहवाही कमाएका थिए ।

Please follow and like us:

Comments