काठमाडौं । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी पाचौँपटक नेपाल भ्रमणमा आउने भएका छन् । मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेको भारतीय संचारमाध्यमले जनाएको छ ।

१२ र १३ मंसिरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको दुतावास स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ।

२०७१ जेठमा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल भ्रमण गरेका मोदी यसअघि गत १४/१५ भदौमा काठमाडौँमा भएको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा भाग लिन आएका थिए।

त्यसअघि बैशाखको अन्तिम साता धार्मिक भ्रमणमा आएका मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments