पाँचथर  । मिक्लाजुङ गाउँपालिमा एक महिलालाई ज्यान मार्ने तथा बेइज्जत गरिदिने धम्की दिएर बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  स्थानीय ३५ वर्षीय महिलालाई धम्की दिएर बलात्कार गरेको आरोपमा स्थानीय ३० वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफू घरमा नभएको बेला आफ्नी श्रीमतीलाई धाकधम्की दिई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले असोज ५ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका थिए ।  जाहेरीका आधारमा अभियुक्तलाई असोज ६ गते स्थानीय प्रहरी चौकीको सहयोगमा नियन्त्रणमा लिई जवरजस्ती करणी अपराध अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यहि असोज महिनाको पहिलो हप्ता नबित्तै पाँचथरमा २ वटा बलत्कारका घटना सार्वजनिक भएका छन् । फिदिम नगरपालिकामा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते इलाम घर भएका एक व्यक्तिलाई जिल्लाको फाल्गुनन्द गाँउपालिकाबाट नियन्त्रणमा लिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments