मेलबर्न । अष्ट्रेलियाको एक राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको छ । साता सेप्टेम्बर १७ देखि लागु हुनेगरि क्विन्सल्याण्ड राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको हो ।

बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले वेबसाइटमा सार्वजनिक सुचना प्रकाशित गरि क्विन्सल्याण्डको सबै अकुपेशन लिस्टबाट अकाउनटेन्ट जनरल २२११११ हटाइएको जानकारी दिएको छ । उक्त सुचनामा क्विन्सल्याण्ड राज्यबाट माग भएको अकाउनटेन्टको कोटा पुरा भइसकेकोले अकुपेशन लिस्टबाट हटाइएको उल्लेख गरिएको छ ।

अधिकारीहरुका अनुसार, यदि अकाउनटेन्ट पेशामा इन्भिटेसन पाएका व्यक्तिले तोकिएको मिती सम्ममा प्रक्रिया पुरा नगरेमा नयाँ व्यक्तिले आवेदन दिन पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments