काठमाडौं । संविधान दिवशमा मधेश केन्द्रित दलले गरेको कार्यक्रमका समाचार समाजिक सञ्जालमा सेयर गरेकै कारण जागिर गएको छ । जिल्ला अदालत धुनुषामा खरिदार पदमा कार्यरत करार कर्मचारी गुञ्जकुमारी राय जागिरबाट निकालिएकी हुन ।

विभिन्न अनलाइनमा प्रकाशित समाचार फेसबुकमा सेयर गरेकै कारण आफु जागिरबाट निष्काशित भएको उनको भनाइ छ । उनले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी आफुमाथि अन्याय भएको भन्दै न्यायका लागि गुहार मागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

रायले संविधान दिवसको दिनमा आएका समाचार लिंकहरु सेयर गर्दै संविधानको अपमान गरेको भन्दै उनलाई पदबाट हटाउनु परेको स्रोतले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments