काठमाडौं । नेपाली कांग्रेसमा अब चारथरी सदस्य हुने भएका छन् । यस अघि साधारण र क्रियाशील सदस्य मात्रै रहेको काँग्रेसमा अब साधारण,क्रियाशील,सम्मानित र विशेषगरी चारथरी सदस्य रहने व्यवस्था गरिएको छ । आगामी महासमिति बैठकमा प्रस्तुत हुने विधानको मस्यौदामा यस किसिमको प्रस्ताव सिफारिस गरेको हो ।

साधारणबाहेकका तीनवटै सदस्यताको नविकरण जिल्ला कार्यसमितिले गर्ने व्यवस्था छ । समितिले पार्टीको सम्मानित सदस्य पाउन क्रियाशीलका आधारमा कम्तीमा तीन वर्ष जेलनेल भोगेको वा निर्वासित जीवन विताएको हुनुपर्ने व्यवस्था गरेको छ । यसको अलबा सम्मानित सदस्यका लागि २०२६ साल अघिनै पदाधिकारी भई काम गरेको हुनुपर्ने विकल्प राखेको छ ।

समितिले साधारण सदस्यका लागि १८ वर्ष पुरा गरेको र पार्टीको अनुशासन मान्न मञ्जुर व्यक्ति साधारण सदस्यता दिन सकिने जनाएको छ । तर यस्ता सदस्यले मतदान गर्न भने पाउने छैनन् । कांग्रेसले दैनिक काम गरेको र कम्तीमा एक वर्ष साधारण सदस्य रहेको व्यक्तिलाई क्रियाशील सदस्यमा राख्ने जनाएको छ ।

पार्टीको विशेष सदस्यमा भने राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई पार्टीको विशेष निकायले नियुक्त गर्न सक्ने जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments