काठमाडौं । केराको बुङ्गाको अचार सहरी जीवनशैलीको लागि नयाँ भएतापनि गाउँघरमा अत्यधिक बनाइने परिकार मध्येको एक हो । केराको बुङ्गाको अचार बनाउन सजिलो र खाँदा निकै स्वादिष्ट हुन्छ । अचारमा यसले नयाँ स्वाद दिन्छ ।

आवश्यक सामग्री

केराको बुङ्गा, आलु, कागती, खुर्सानी

नुन, तोरीको तेल, अदुवा, बेसार, मेथी

भुटेर पिसेको तिल, जिरा धनियाँको पाउडर

विधि

सुरुमा केराको बुङ्गाको बाहिरि भाग फाल्ने र बीचको भाग काट्नुपर्छ ।

अब आलु र बुङ्गालाई उसिन्न राख्नुपर्छ ।

उसिनिसकेपछी बुङ्गालाई केलाउने ।

अब आलु र बुङ्गालाई एउटा भाँडोमा राख्ने र यत्तिकै मोल्ने ।

त्यसपछि त्यसमा कागती निचोर्नुपर्छ।

अब नुन र तिल राख्नुपर्छ ।

त्यसपछि अचारलाई झान्नुपर्छ ।

एउटा भाँडोमा तेल तताएर त्यसमा खुर्सानी, अदुवा, मसला पकाउने र त्यसलाई अचारमा राखेर मुछ्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments