मेलबर्न । आफ्नो देश छोडेर टाढा जानुपरेतापनि आफ्नो रुची र लक्ष्यलाई केही मानिसहरुले निरन्तरता दिने गर्छन् । विदेशमा आफ्नो रुची र लक्ष्य अनुसार काम गर्नु पक्कै पनि सजिलो छैन, तर असम्भव पनि छैन भन्ने उदाहरण हुन् जीवन रसाइली ।

पोखराका जीवन रसाइली हाल अष्ट्रेलियाको मेलबर्न सहरमा बस्छन् । केही वर्ष अगाडी अष्ट्रेलिया पुगेका उनले आफ्नो रुचिलाई छोड्न सकेनन् । विदेशको व्यस्त र संघर्षशील जीवनशैलीको चुनौतीलाई चिर्दै अगाडी बढेका उनले अहिले आफ्नो काममा सफलता हासिल गरिरहेका छन् ।

रसाइलीलाई पहिले देखि नै कलाकारिता क्षेत्रमा रुची थियो । त्यसैले अष्ट्रेलिया पुगेर पनि उनले भिडियो निर्माण, निर्देशन लगायतका कामलाई निरन्तरता दिए । अहिले अष्ट्रेलियामा खिचिएका धेरैजसो नेपाली म्युजिक भिडियोमा उनको नाम आउने गर्छ । उनी मेलबर्नबाट संचालन हुने हेल्लो अष्ट्रेलिया टि.भीका डाइरेक्टर हुन् । उनको सफलताले यो वर्ष फेरी अर्को खुड्किलो टेकेको छ ।

जीवन रसाइलीले यो वर्ष हिन्दि तथा पन्जाबी भाषाका भिडियो निर्देशन , छायांकन तथा सम्पादन गरेका छन् । रसाइली भन्छन् ,” २०१८ मेरो लागि लक्की वर्ष बन्यो । यो वर्षको दुई महिनामै मैले छ वटा भारतीय भिडियोहरु बनाउने अवसर पाएँ । यसले मलाई थप हौसला मिलेको छ र भविष्यमा बलिवुड फिल्म निर्माण / निर्देशन गर्ने सम्भावना तथा सपना देखाएको छ । मलाई यहाँसम्म आउनको लागि साथ दिने सम्पूर्ण मेरा शुभेच्छुक प्रति म कृतज्ञ छु” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments