काठमाडौं । प्रधानमन्त्री केपी ओली संयुक्त राष्टसंघ (युएन)को ७३ औ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डको नेतृतव गर्दै भोली (शनिबार) न्युयोर्क जान लाग्नुभएको हो ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम समेत छ ।

महासभामा भाग लिनु अघि प्रधानमन्त्री ओलीले सोमबार ‘असोज ८ गते ‘नेल्सन मन्डेला शान्ति शिखर बैठकलाई सम्वोधन गर्नुहुनेछ । यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उहाँको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ । प्रधानमन्त्री ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

उहाँ असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा पनि सहभागी हुनुहुनेछ । प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनुहुनेछ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका साथसाथै बुधबार ‘असोज १० गते ‘स्विट्रल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँले शुक्रबार ‘असोज १२ गते’क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली असोज १३ गते दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टारिकाको सानहोजेतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधामन्त्री ओलीले सानहोजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँले सानहोजेमै शान्ति विश्वविद्यालय ‘युनिभर्सिटी फर पिस’ लाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री असोज १७ गते बुधबार स्वदेश फर्कनुहुने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments