मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रइला नाइट हुनेभएको छ । आगामी सोमबार अर्थात २४ सेप्टेम्बरमा रइला नाइट हुनेभएको हो । कार्यक्रमलाई नेप्ले इभिनेट्सले आयोजना गरेको हो भने बिग बेली इभेन्ट पार्टनरको रुपमा रहेको छ ।

कार्यक्रममा फोटोग्राफी, लाइभ रिभ्युज, डिजे हुने बताइएको छ । त्यस्तै, कार्यक्रममा जे-म्याक्स ब्याण्ड, लडीबडी ब्याण्ड, जेन्नी तामाङ्ग, रुपेश तामाङ्ग लगायत कलाकारको विशेष प्रस्तुति र फ्री स्टाइल डान्सरको समेत प्रस्तुति रहनेछ ।

बेलुका ७ : ३० बजे देखि हुने कार्यक्रम मेलबर्न स्थित क्राउन थेरापीमा हुनेछ । कार्यक्रममा सहभागी हुनको लागि पहिले नै टिकट लिनेको लागि १५ डलर र कार्यक्रमको समयमै टिकट लिनेको लागि २५ डलर शुल्क लाग्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments