काठमाडौं । नेपाली चलचित्र छक्का पन्जा ३ को छायांकन सकिएको छ । यो चलचित्र आउंदै गरेको नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा रिलिज हुँदैछ । छक्का पन्जा ३ , छक्का पन्जा र छक्का पन्जा १ को सफलता पछि दीपक राज गिरि र दीपा श्री निरौलाले निर्माण गरेको चलचित्र हो ।

छक्का पन्जा हलहरुमा रिलिज भएर सफल भइसकेपछि युट्युबमा सार्वजनिक गरिएको थियो । युट्युबमा सार्वजनिक भएपछी पनि छक्का पन्जालाई अत्यधिक दर्शकले हेरेका थिए । चलचित्र छक्का पन्जा २ रिलिज भएको करिब एक वर्ष पुगिसकेको छ । चलचित्रले हलमा दर्शकको भींड बटुल्न सफल भयो र माया पनि पायो । हलमा उक्त चलचित्र नहेरेका दर्शकहरु छक्का पन्जा २ युट्युबमा रिलिज हुने प्रतीक्षामा छन् । तर, चलचित्र निर्माता दीपक राज गिरिले भने छक्का पन्जा २ युट्युबमा रिलिज नहुने बताएका छन् ।

दीपक राज गिरिका अनुसार, छक्का पन्जा २ अबको दुई वर्षसम्म पनि युट्युबमा रिलिज हुनेछैन । चलचित्र युट्युबमा हेर्ने तर हलमा हेर्न नजाने गर्नाले चलचित्र क्षेत्रलाई नै असर परेको बताउंदै उनले आफूहरुले यो निर्णय गरेको बताएका छन् । विदेशमा रहने दर्शकको लागि भने केही विशेष वेबसाइटमा केही शुल्क तिरेर हेर्न सकिने व्यवस्था गर्न लागेको समेत बताएका छन् । यसको साथै उनले छक्का पन्जा ३ पछि फेरी पनि छक्का पन्जा २ हलहरुमा रिलिज गरिने जानकारी दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments