मेलबर्न । अष्ट्रेलिया अहिले धेरै नेपाली विद्यार्थीहरुको हब नै बनेको छ । हरेक वर्ष थपिदै गएको संख्याले यसलाई प्रमाणित गर्दछ । तर अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्यासँगै उनीहरुका विभिन्न समस्याहरु पनि बढ्दै गएका छन् । यहाँको बारेमा राम्रोसँग नबुझी हचुवाको भरमा आउने विद्यार्थीहरु अझ बढी पीडित बन्ने गरेका छन् ।

अहिलेको परिस्थितिमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुअघि निम्न कुराहरुमा गम्भीररुपमा ध्यान पुर्‍याउनु जरुरी देखिन्छः

१. अष्ट्रेलिया आउनुको उद्देश्यमा प्रष्ट हुन आवश्यक छ । यदि पढाइ सकेर यतै बस्ने उद्देश्य हो भने त्यही अनुसारको विषय, डिग्री र स्थान रोज्नुपर्छ । त्यो स्थितिमा पीआरलाई केन्द्रमा राखेर अध्ययनको योजना बनाउनुपर्छ ।

२. अष्ट्रेलिया बसाइँ सर्ने उद्देश्य नभई राम्रो शैक्षिक डिग्री लिएर नेपाल फर्कने उद्देश्य हो भने नेपालमा स्कोप भएको विषयलाई ध्यान दिनुपर्छ ।

३. विश्वविद्यालय छान्दा ‘वर्ल्ड र्‍याङ्किङ’ वा ‘टाइम हाइअर एजुकेशन र्‍याङ्किङ’ नहेरी माथिल्लो स्तर भएकालाई सकेसम्म प्राथमिकता दिनुपर्छ । हुन त समग्र विश्वविद्यालयको स्तर र आफूले चाहेको खास शैक्षिक कार्यक्रमको स्तर फरक पर्न सक्छ । तापनि समग्र विश्वविद्यालयको स्तर नबुझी कार्यक्रमका बारेमा निर्णय लिनु राम्रो हुन्न ।

४. कस्तो शहरमा जाने भन्ने बारेमा पनि प्रष्ट हुनुपर्छ । सिड्नी र मेलवर्नका वाटर फ्रन्ट र ठूला संरचना भएका फोटो हेरेर पछि अध्ययन गर्ने बेलामा सानो गाउँले बस्तीमा भएको क्याम्पसमा पुगियो भने बिल्कुल अनपेक्षित अवस्था आउँछ र समस्या हुन्छ ।

५. शैक्षिक परामर्श लिँदा आफ्नो उद्देश्य र परिवेशलाई प्रष्ट राख्नुपर्छ । हुन त अष्ट्रेलिया सरकारले विद्यार्थीहरुलाई स्वतन्त्ररुपले युनिभर्सिटी भर्ना हुन उत्प्रेरित गरेको छ । तथापि एजेन्टहरुले सल्लाह दिन सक्छन् । तर, सल्लाह लिने क्रममा आफू प्रष्ट भएन भने सल्लाह गलत हुन सक्छ । यसो भएर दुःख पाइरहेका विद्यार्थीहरु पनि प्रशस्त भेटिन्छन् ।

-हिमालयन कङगारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Please follow and like us:

Comments