काठमाडौं । संविधान दिवसमा आयोजित कार्यक्रममा जंगलमा बस्ने लोपोन्मुख राउटे समुदायले सहभागीता जनाएका छन् ।

कर्णाली प्रदेश सरकारले सुर्खेतमा आयोजना गरेको संविधान दिवसमा राउटे समुदाय सहभागी भएका हुन् । देशैभर संविधान दिवसको खुशीयाली छाएका बेला लोपोन्मुख फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले संविधान दिवसको ब्यानर बोकेर टोलपरिक्रमा गरे । राउटे समुदाय ब्यानरसहित सहभागी हुँदा कार्यक्रमका अन्य सहभागी अचम्म परेका थिए ।
संविधानको बिषयमा त्यति ज्ञान नभए पनि देशको खुशीमा राउटेहरुले सहभागिता जनाएका हुन् ।

प्रदेश सरकारको अगुवाइमा आयोजना गरेको समारोहमा उनीहरु सहभागी भएका हुन् ।

Comments

comments