काठमाडौं । कुर्ती पछिल्लो समय किशोरी देखि परिपक्क महिला सम्मको रोजाइ हुन थालेको छ । कुर्तीमा पनि समय अनुसार विभिन्न स्टाइल भित्रिने गर्छ । यदि त्यो स्टाइल अनुसार कुर्ती लगाउने हो भने, आफू त स्टाइलिस देखिन्छ नै, साथमा नयाँ लुक्स आउने हुनाले ताजापन तथा ऊर्जा पनि महसुस हुन्छ ।

चुडी सुरुवाल र लेगिङ्ग्समा कुर्ती लगाउने फेशन लामो समयसम्म रह्यो । तर त्यो फेशन अहिले हटेको छ । अहिलेको नयाँ फेशन ट्रेन्ड अनुसार, पाइन्टमा कुर्ती लगाइन्छ । पाइन्टमा कुर्ती लगाउँदा, पाइन्ट तथा कुर्तीको स्टाइल, रंग, आफ्नो शरीरको ढांचा आदिमा ध्यान दिएर लगाउनुपर्छ । जिन्स पाईन्टमा कुर्ती लगाउने चलन पनि आएको छ, तर सजिलो र राम्रोको लागि कपडाकै पाइन्ट लगाउन सकिन्छ । कपडाको पाइन्ट प्लाजो भन्दा केही सानो हुन्छ र रेडिमेड पसलमै पाउन सकिन्छ ।

पाइन्टमा कुर्ती लगाउँदा उही रंगको पाइन्ट माथीबाट उही रंगको कुर्ती लगाउन सकिन्छ । त्यस्तै, कुर्तीको बुट्टामा भएको रंगको पाइन्ट लगाउन सकिन्छ । शरीर होचो र मोटो छ भने केही साँघुरो र पाइताला सम्मको पाइन्ट लगाउँदा राम्रो देखिन्छ । यदि अग्लो कद छ भने पाइताला देखि केही माथी सम्मको र केही खुल्ला पाइन्ट लगाउन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments