यसवर्ष अझै सम्म पनि सक्रिय रहेको मनसुन बिस्तारै समाप्त हुँदै गएको मौसमविद्ले जनाएका छन् | नेपालको सुदूरपश्चिमको आकाशमा मनसुनी बादल केहि मात्रामा देखिए पनि हट्ने क्रम जारी रहेको बताइएको छ |  सुदूरपश्चिममबाट  पूर्व तर्फ बादल हट्दै गएको मौसम बिभागले जनाएको छ | महान पर्व दशैँको बीचमा समेत मनुसुन नसकिए पछि दशैँ मान्न घर परिवार आफन्त भेट्न यात्रा गर्नेहरुलाई सास्ती दिएको छ | मनसुनी बादल हट्दै गएकोले आज देशका अधिकांश भागमा पानी पर्ने सम्भावना निकै कम रहेको मौसमविद्ले जनाएका छन् | कतै कतै बदली भइ फाट्टफुट्ट पानी परे पनि भिज्ने गरि पानी पर्ने सम्भावना छैन |

Comments

comments