काठमाडौं । उदयपुरको कटारी नगरपालिका १४ घुर्मीमा काठमाण्डौबाट ओखलढुंगा तर्फ जादै गरेको ना १ ज ८९६९ नम्बरको सुमो दुर्घटना हुदा दुई अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अष्ट्रेलियन नागरिक ६५ बर्षिया हुसेकान्त रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा घाईते ७७ बर्षिय अष्ट्रेलियन नागरिक हुसेक रुडालको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाण्डौबाट ओखलढुंगाको लागि हिडेको सुमो अनियन्त्रित भएर सडक भन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोलुखुम्बु चेल्साका ५९ बर्षिय याक्छी शेर्पा, सवारी चालक ओखलढुंगा सिरिचौर ७ का २८ बर्षिय लोकबहादुर तामाङ, त्यसैगरी सोलुखुम्बु नेले २ का ४५ बर्षिय इन्द्र बस्नेत, ३१ बर्षिय सरस्वती बस्नेत,बारा जिल्ला कलैया नगरपालिका बर्ष २८ का अर्जुन कुमार पाण्डे, सोलुखुम्बु नेले २ का १४ बर्षिय सुजन बस्नेत, काठमाण्डौ वागेश्वरी का २१ बर्षिय मनोज रोक्का गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते याक्छी शेर्पाको स्थानिय अस्पतालमा उपचार भैरहेका छ । बाकी ६ जनालाई थप उपचारको काठमाण्डौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments